Section 14A
विद्युतीय बीजक
(१) करदाताले विभागको पूर्व स्वीकृति लिई विद्युतीय बीजक जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले सूचना प्रकाशन गरी त्यस्तो सूचनामा तोकिएका करदातालाई अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बीजक जारी गरी त्यस्तो विद्युतीय माध्यमलाई विभागको केन्द्रीय बीजक अनुगमन प्रणाली (सिविएमएस) मा आबद्ध गर्न आदेश दिन सक्नेछ।
(३) विद्युतीय - माध्यमबाट बीजक जारी गर्ने सफ्टवेयर वा उपकरणको सुरक्षण तथा विश्वसनीयता सम्बन्धमा विभागले कार्यविधि बनाई लाग्‌ गर्नेछ । त्यस्तो कार्यविधि सम्बन्धित उत्पादक वितरक र प्रयोगकर्ताले पालना गर्नुपर्नेछ ।